बिचौलियालाई कार्यालय भित्र प्रवेश नदिन निर्देशन

Getting your Trinity Audio player ready...
|
काठमाडौँ /वाग्मती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले बिचौलियालाई कार्यालयभित्र प्रवेश नदिन निर्देशन दिएका छन् ।
यातायात व्यवस्था कार्यालय एकान्त कुनाको अनुगमन गर्ने क्रममा उनले कर्मचारीलाई यो निर्देशन दिएका हुन् ।
“पहिलो कुरो त बिचौलियालाई कार्यालयभित्र पस्न नदिनुहोस् भन्छौँ, यदि त्यो भएन भने पुलिस लगाएर भए पनि उनीहरूलाई समाउँछौँ र कारबाही गर्छौ, उनी भन्छन्, “कानुनी कारबाहीमा आएपछि बिचौलियाको बिगबिगी कम हुने र गलत काम गर्ने कर्मचारी पनि हच्किएर सही बाटोमा आउनेछ ।” मन्त्री दाहालले कार्यालयमा कहीँ कतै सेटिङ रहेको पाएमा त्यसलाई निर्मम तरिकाले नियन्त्रण गर्ने उल्लेख गरे ।
वाग्मती प्रदेश यातायात मन्त्रालयका सचिव अशोक शाहसहित मन्त्री दाहाल छड्के अनुगमनका लागि यातायात व्यवस्था कार्यालय पुगेका थिए ।