दस हजार बढीमा सङ्क्रमण पुष्टि, चारको मृत्यु

काठमाडौँ/ नेपालमा पछिल्लो २४ घण्टामा १०३१९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १६ हजार ६५४ जनाको पीसीआर परीक्षणमा ८०५४ र ४ हजार ५४७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २२६५ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ४ कोरोना सङ्क्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २५४० जना कोरोना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ८९ दशमलव ७ रहेको छ ।