अमेरिकाको पेन्सिलभेनियामा सडक दुर्घटना, चार बाँदर बेपत्ता, प्रहरीलाई रातभर तनाव
पेन्सिलभेनिया । जेमी लाबर शुक्रबार मोन्टोर काउन्टीमा रहेको सुपर ८ होटलको फ्रन्ट डेस्कमा काम गरिरहेकी थिइन, जुन समय खवर आयो उनी नजिकैको राजमार्गमा दुर्घटना भएको छ।
उनले सोचिन फेरि अर्को दुर्घटना भयो उनको क्षेत्रमा । किनकी त्यो ठाँउमा प्रयास कारहरु ठोकिइनै रहन्थे । तर शुक्रवारको दुर्घटना अन्य समयको जस्तो थिएन ।
मानिसहरु आश्चर्य पूर्वक हेरिरहेका थिए । दुर्घटना क्षेत्रमा हुलका हुल बाँदर भागिरहेका थिए र पेन्सिल्भेनिया राज्य पुलिसका अधिकारी हतारमा थिए ।
लाबरले भनिन् कि जब उनको साथीले उनलाई दुर्घटना पछि बाँदरहरू भागेका थिए, उनले यो मजाक हो भनेर सोचिन्। त्यसपछि उनी चिन्तित हुन थालिन्, उनले भनिन्, ट्राफिकमा बाँदरहरू भड्किइरहेका छन् र न्यानो रहन खोजिरहेका छन्।
फिलाडेल्फियाबाट करिब एक सय ५० माईल उत्तरपश्चिममा मोन्टौर काउन्टीको अन्तरराज्यीय ८० नजिकैको रुट ५४ मा पिकअप ट्रक अर्को ठूलो ट्रक (ड्रम्प ट्रक) सँग ठोकिन पुग्यो । ठूलो ट्रक एक सय बाँदरले भरिएको थियो ।
मोन्टोर काउन्टीको तापक्रम शुक्रबार शून्यको नजिक झर्ने अपेक्षा गरिएको थियो। दुर्घटना पछि ट्रकमा रहेका बाँदर न्यानो खोज्ने प्रयत्न गरिरहेका थिए । सोही क्रममा चार बाँदर गायव थिए । प्रहरीमा तनाव बढ्नुको कारण ती बाँदर सामान्य बाँदर थिएनन् ।
साइनोमोल्गस बाँदर, जुन प्राय: वैज्ञानिक अनुसन्धानमा प्रयोग गरिन्छ । प्रत्येक बाँदरको लागि दश हजार अमेरिकी डलर सम्म खर्च गरिएको थियो । प्रहरीका अनुसार ति बाँदर फ्लोरिडाको प्रयोगशालामा लगिदै थियो ।
दुर्घटनामा कसैलाई चोटपटक लागेन, तर सेना र राज्य वन्यजन्तु अधिकारीहरूलाई बेपत्ता बाँदर खोज्न हैरान बनायो ।
यति सम्मकी राज्य प्रहरीका प्रवक्ता ट्रोपर लरेन लेशरका अनुसार राज्य प्रहरीको हेलिकप्टर पनि तयारी अवस्थामा राखिएको थियो । भलै ति प्रयोग गर्न परेन ।
शुक्रवार दिउँसो साँढे दुई बजे सो दुर्घटना भएको थियो । राज्य सेनाका अनुसार शनिबार बिहानसम्म, अझै एउटा बाँदर बेपत्ता नै थियो । भागेका बाँदरहरू मध्ये एउटा रूखमा फेला परेको थियो।

सिनोमोल्गस बाँदरहरू महामारीको सुरुमा कोरोनाभाइरस खोप अनुसन्धानको लागि उच्च मागमा थिए । अमेरिकी सरकारले तेल र अन्न रिजर्भ गरे जस्तै केही वैज्ञानिकहरूले बाँदर पनि आपतकालीन अवस्थाका लागि भण्डार गर्नु पर्नेमा जोड् दिदै आएका थिए ।
विस्कॉन्सिन राष्ट्रिय प्राइमेट अनुसन्धान केन्द्र अनुसार सिनोमोल्गस बाँदरहरु रातो-खैरो शरिर र गुलाबी तथा कलो अनुहारका हुन्छन् । यीनको पुच्छर लामो हुन्छ । ३० वर्षसम्म बाँच्न सक्छन्।
फोटो : पेन्सिलभेनिया राज्यपुलिस
न्यूयोर्क टाइम्सको सहयोगमा















