न्यूयोर्कमा फेरि गोलि चल्यो, दुई प्रहरीको मृत्यु,संदिग्ध पनि मारिए
न्यूयोर्क । म्यानहाटन स्थित हार्लेम अपार्टमेन्टमा गोली चल्दा न्यूयोर्क पुलिसका दुई अधिकारीले ज्यान गुमाएका छन् । प्रहरीले घटनामा संदिग्ध पनि मारिएको बताएको छ ।
न्यूयोर्क प्रहरीका अनुसार शुक्रवार साँझ सभा पाँच बजे तिर गोलि चलेको थियो । घरेलु हिंसा भएको भन्ने फोन आए पछि उद्दारमा गएको प्रहरी माथि संदिग्धले गोली चलाएको प्रहरीको भनाई छ ।
११९ पश्चिम १३५ औं स्ट्रीटको अपार्टमेन्ट भित्र, आमा र छोरा बीचको विवाद भए पछि प्रहरी बोलाइएको र सोही समयमा प्रहरी माथि गोलि प्रहार भएको बताइएको छ । संदिग्धलाई पनि गोली हानी मारिएको प्रहरीले भनेको छ।
गोली चल्दा एकजना अधिकारीको अनुहारमा गोली लागेको थियो । बुधवार मात्र न्यूयोर्कमा ११ महिनाकी बालिका माथि गोलि प्रहार भएको थियो । नयाँ बर्ष सँगै न्यूयोर्कमा हिंसाका घटना बढेका छन् ।
न्यूयोर्क पोष्टको सहयोगमा ।