क्यानडाबाट अवैधरुपमा अमेरिका प्रवेस गर्ने क्रममा दुई बालक सहित चारको मृत्यु, पाँच भारतीय पक्राउ
अमेरिका । क्यानडाबाट स्थलमार्ग हुदै अवैध रुपमा अमेरिका प्रेवस गर्न लागेका चार जना सीमा क्षेत्रमा मृत्यु भेटिएका छन् । मृत्यु हुनेमा दुई जना बालबालिका रहेको अमेरिकी भन्सार र सीमा सुरक्षा विभागले जनाएको छ ।
ठूलो हिमपातको समयमा क्यानडाबाट अमेरिका प्रवेस गर्न खोज्दा सो घटना भएको हुन सक्ने सीमा गस्तीमा रहेका सुरक्षाकर्मीको भनाइ छ । सो क्रममा सुरक्षाकर्मीले अन्य पाँच जना भारतीय नागरिकको उद्दार गरिएको पनि जनाएका छन् ।
सीमामा गस्तिमा खटिएका अधिकारीले अलपत्र अवस्थामा रहेको झोला खानतलासी गर्दा बच्चाको लुगा फेला पारेको र त्यस पछि थप आप्रवासीहरूको खोजी गर्दा मृत व्यक्ति भेटिएको जनाएका छन् ।
मृत्यु हुनेमा दुई बालबालिका र दुई वयस्क रहेको जनाइएको छ । खराव मौषम र अत्याधिक चिसोले उनीहरुको मृत्यु भएको हुन सक्ने अधिकारीको भनाइ छ । अमेरिकी भन्सार र सीमा सुरक्षाले जारी गरेको बुलेटिनमा मृत्युहुनेको बारेमा थप खुलाइएको छैन् ।
“म दुःखी छु कि त्यहाँ जीवनको क्षति भयो र एक सानो बच्चाको मृत्युले यो अझ गाह्रो बनाउँछ। हाम्रो हृदय परिवार र प्रियजनहरूमा जान्छ,” ग्रान्ड फोर्क्स सेक्टर प्रमुख गस्ती एजेन्ट एन्थोनी एस गुडले भने।
“मलाई सीमा गस्ती एजेन्टहरू र हाम्रा आरसीएमपी साझेदारहरूप्रति पनि गर्व छ जसले बेपत्ता व्यक्तिहरूको खोजी गर्न घण्टौंसम्म नि:स्वार्थ रूपमा सब-शून्य तापक्रम सहन गरे। उनीहरुको कर्तव्य र साहसप्रतिको समर्पण प्रशंसनीय छ ।”
“यस्ता विश्वासघाती अवस्थामा अवैध रूपमा सीमा पार गर्ने सोच्ने जो कोहीले यो गर्नु हुँदैन,” गुडले थपे। “तस्करहरूले आफूले कमाउने पैसाको मात्रै ख्याल राख्छन् र ज्यान गुमाउनेलाई कुनै चासो राख्दैनन्।”
यस्तै ग्रान्ड फोर्क्स सेक्टरमा तोकिएको यूएस सीमा गस्ती एजेन्टहरूले बिहिवार हम्बोल्ट, मिनेसोटा नजिकै अवैध रुपमा अमेरिका प्रवेस गर्न खोज्ने थप पाँच जना पक्राउ गरेको पनि जनाएइको छ ।
पेम्बिना स्टेसनमा खटाइएको सीमा गस्ती टोलिले अमेरिकी नागरिकले चलाएको गाडीलाई मिनेसोटा हाइवे ७५ मा हम्बोल्ट नजिकै रोक्दा गाडी भित्र कागजपत्र विहिन व्यक्ति भेटिएको जसमा दुई जना भारतीय रहेको जनाइएको छ ।
सोही क्रममा गस्ति टोलीले नजिकैको सडकमा हिंडिरहेका अन्य पाँच जना व्यक्तिहरूलाई पनि पक्राउ गरेको थियो । अत्यधिक चिसोका कारण उनीहरुमा हाइपोथर्मिया र फ्रस्टबाइटको गम्भीर लक्षण देखिएको र तत्काल अस्पताल लगिएको अमेरिकी भन्सार र सीमा सुरक्षा बुलेटिनमा उल्लेख छ ।
उद्धार गरिएका मध्ये पाँच जना भारतिय भएको र उनीहरु क्यानडाबाट अवैध रूपमा अमेरिका प्रवेश गरेको बुलेटिनमा उल्लेख छ ।
प्राथमिक उपचार पछि ति भारतीय नागरिक सहित सबैलाई हिरासतमा लिई थप प्रक्रियाको लागि पेम्बिना स्टेशनमा लगिएको जनाइएको छ ।