असुरक्षित बन्दै न्यूयोर्क, बीच बाटोमै ११ महिनाकी बालिका माथि गोलि प्रहार (भिडियो सहित)
न्यूयोर्क । ब्रोन्क्समा ११ बर्षिया बालिका माथि गोलि प्रहार भएको छ । न्यूयोर्क पुलिसका अनुसार घटना बुधवार साँझ भएको हो । बालिकाको गालामा गोलि लागेको जनाइएको छ ।
गोलीबारी बुधवार साँझ करिब ६:४५ बजे भएको थियो । जुन समय बच्चा आफ्नो आमासँग किराना पसल बाहिर पार्क गरिएको कारमा रहेकी थिइन ।
प्रहरीका अनुसार १९८ स्ट्रीट र भ्यालेन्टाइन एभिन्यूमा एक पसल भित्र रहेका बुबालाई उनीहरु कारमा पर्खिरहेका थिए । बालिकाको भोलि शुक्रवार पहिलो जन्मदिन हो ।
अर्को व्यक्तिलाई पछ्याउँदै एक व्यक्तिले बच्चाको अनुहारमा दुईवटा गोली हानेको प्रहरीले जनाएको छ। शहरका मेयर एरिक एडम्सले बन्दुकधारीको खोजी भइरहेको बताएका छन् ।
“ब्रोन्क्समा ११ महिनाको बच्चालाई गोली हानियो। यदि यो वेक अप कल होइन भने, मलाई थाहा छैन के हो,” मेयर एडम्सले ट्वीटमा भनेका छन् । “यो अकल्पनीय हो, यो हाम्रो शहरमा नहुनु पर्ने तर यो भयो।”
न्यूयोर्कको सबवेमा एक एशियाली महिलाको ट्रयाकमा धकेलेर निधन भएको केही दिनमा शहरमा अर्को घटना भएको छ । ट्रेन कुरिरहेकी ति महिलालाई एक अपरचित व्यक्तिले धकेलिदिएका थिए ।
मेयर एडम्सले भनेका छन्, “हरेक तहका नेताहरूले सहरका सडकहरू त्यागेका छन्, म गर्दिन,” म न्यूयोर्क शहरलाई हिंसामा आत्मसमर्पण गर्न अस्वीकार गर्छु।”
प्रहरीले घटनाको भिडियो सार्वजनीक गरेको छ ।