अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा आइतवार देखि दुई दिन मौषम कष्टकर, भारी हिमपात र अत्याधिक चिसो हुने
अमेरिका । उत्तर पूर्वी क्षेत्रमा आइतवार साँझ देखि दुई दिन भारी हिमपात र चिसो आँधी आउने मौषम सम्वन्धि पूर्वअनुमान गर्ने वेवसाइडहरुले जनाएका छन् ।
‘पेन्सेलभिनियाको सस्क्वाना उपत्यकालाई आँधीले आइतवार साँझ देखि सोमबारसम्म असर गर्ने छ ।’ मौषम सम्वन्धी रिपोर्टमा भनिएको छ ।
आइतवार साँझ ७ बजे पछि दक्षिणपश्चिमबाट उत्तरपूर्वसम्म हिउँ बढ्ने अनुमान छ । अधिकारीहरुले हिउँ तिब्रगतिमा पर्ने र चाँडै जम्ने जनाएका छन् । मौषमविद्हरुले हिमपात पछि बर्षा पनि हुने भनेका छन् ।
‘उत्तर र पश्चिम क्षेत्रमा आठ इन्च सम्म हिउ पर्ने भनिएको छ । यस्तै चिसो हावा र आँधी पनि आउने छ । सोमबार बिहान हल्का हिउँ पर्ने र त्यसपछि वर्षा वर्षा हुन्नेछ।’ मौषम रिपोर्टमा भनिएको छ ।
आइतबार राति सडकहरू चिसो र हिउँले ढाकिने भएकाले सो समय सकभर यात्रा नगर्न राम्रो हुने अधिकारीले भनेका छन् । यस पटकको आँधीले बढी हिउँ पश्चिमी पेन्सिलभेनियामा जम्मा हुने सम्भावना छ।
सोमबार बिहानसम्म सडकको अवस्था सुधार हुने तर केही गडबड हुन सक्ने सम्भावना रहने रिपोर्टमा भनिएको छ । यसै गरि न्यूयोर्क क्षेत्रमा पनि आइतवार राती चिसो आँधीका साथ हिउँ पर्ने जनाइएको छ ।
‘आइतवार अबेर राती र सोमबार बिहान मेट्रो क्षेत्रले पूर्वबाट “भारी वर्षा” र ३०-४० माइल प्रति घण्टाको हावाको सम्भावना देख्नेछ ।’ रिपोर्टमा भनिएको छ ।
आँधी ५९ माइल प्रतिघण्टा पुग्न सक्छ भनिएको छ । यसले तटीय बाढी निम्त्याउन सक्ने चेतावनी पनि दिइएको छ । वेस्टचेस्टर र न्यू जर्सीका केही भागहरूलाई पनि खराव मौषमले छुने चेतावनी दिएको छ।
फाइल फोटो : पेनडटको साइडबाट