अमेरिकाको फिलाडेल्फियामा ठूलो मात्रामा नक्कली कोभिड कार्ड बरामद
अमेरिका । फिलाडेल्फिया भन्सार र सीमा सुरक्षा (सीबीपी) अधिकारीहरूले नक्कली कोभिड भ्याक्सिन कार्ड बरामद गरेको छ । बुल्गेरियाबाट पठाइएको नक्कली कोभिड-१९ खोप कार्ड जफत गरेको अमेरिकी सीमा सुरक्षा बलले जनाएको छ ।
अमेरिकी भन्सार र सीमा सुरक्षा अधिकारीहरूले अन्तर्राष्ट्रिय पार्सल निरीक्षण गर्दा नक्कली कोभिड १९ कार्ड फेला पारेको जनाएका छन् । खतरनाक, अवैध, वा निषेधित उत्पादनको नियन्त्रणका लागि अधिकारीहरुले पार्शल निरिक्षण गर्ने गरिएको जनाएका छन् ।
अमेरिकी रोग नियन्त्रण र रोकथाम केन्द्र (सीडीसी) र अमेरिकी स्वास्थ्य र मानव सेवा (एचएचएस) ले निर्धारण गरिएको लोगो, प्रिन्टको गुणस्तरको आधारमा सीबीपी अधिकारीहरूले खोप कार्ड नक्कली भएको पत्तालगाएको जनाएका छन् ।
अधिकारीहरुले नक्कली कार्ड दुई सय अमेरिकी डलरमा विक्रिवितरण गर्ने गरिएको पाइएको जनाएको छ । सीडीसीले कोभिड खोप कार्ड निःशुल्क नै दिदै आएको छ ।
महामारी सुरु भएदेखि, देशभर सीबीपी अधिकारीहरूले ३० हजार भन्दा बढी नक्कली खोप कार्डहरू कब्जा गरेको जनाएका छन्। स्थानीय रूपमा, बाल्टिमोर फिल्ड अफिस, फिलाडेल्फियाको एरिया पोर्टबाट बढी मात्रामा नक्कली खोप कार्ड बराबद भएका हुन् ।
अमेरिकामा अझै पनि २० प्रतिशत जनताले कोभिड खोप लगाएका छैनन् । तर अधिकांस स्थाहरुले अहिले कोभिड खोप अनिवार्य गरे पछि नक्कली कार्डको विगविगि बढेको अनुमान अधिकारीहरुले गरेका छन् ।
सीबीपीद्वारा जारी बुलेटिनमा भनिएको छ,’खोप नभएका व्यक्तिहरू जसले नक्कली खोप कार्डहरू खरिद गर्छन् तिनीहरूले आफूलाई, आफ्ना प्रियजनहरू र आफ्ना सँगी अमेरिकीहरूलाई कोभिड-१९ वा यसका थप गम्भीर प्रकारहरू सङ्क्रमण हुने जोखिममा राख्छन्।’