एकै दिन ५ हजार भन्दा बढी सङ्क्रमित
काठमाडौँ/नेपालमा पछिल्लो २४ घण्टामा ५०८७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १३ हजार ४७४ जनाको पीसीआर परीक्षणमा ४२०४ र ७ हजार ८६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८८३ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३ कोरोना सङ्क्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ३०६ जना कोरोना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ९६ दशमलव ५ रहेको छ ।










