टिचिङ अस्पतालका धेरै स्वास्थ्यकर्मीलाई कोरोना भए पछि सेवा प्रभावित
काठमाडौँ/ त्रिवि शिक्षण अस्पताल महाराजगंञ्जमा कार्यरत चिकित्सक र कर्मचारी गरी कार्यरत ६० जनालाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।कोरोना सङ्क्रमण पुष्टि भएपछि उनीहरू अहिले होम आइसोलेसनमा रहेका छन् ।
बिरामी मार्फत कनट्याक्ट ट्रेसिङमा परेका स्वास्थ्यकर्मीहरूलाई कोरोना पुष्टि भएको हो । यसैबिच, चिकित्सकहरू कोरोना सङ्क्रमित भएपछि अस्पतालको सेवा प्रभावित भएको छ ।
टिचिङमा हाल ३५ जनाभन्दा बढी कोरोना सङ्क्रमित उपचाररत रहेका छन् ।










