माधव नेपाललाई कोरोना
काठमाडौँ / नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपाललाई कोरोना पोजेटिभ पुष्टि भएको छ ।
सो पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार मङ्गलवार अध्यक्ष नेपाललाई कोरोना पुष्टि भएको हो ।
अहिले अध्यक्ष नेपाल आफ्नै निवासमा आइसोलेसनमा बसिरहेको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।







