अपडेट : न्यूयोर्क अपार्टमेन्ट आगलागी कम्तिमा १९ जनाको मृत्यु, दर्जनौं गम्भीर घाइते
अमेरिका । न्यूयोर्क शहरको एक अग्लो भवनमा भीषण आगलागीमा परि मृत्यु हुनेको संख्या १९ पुगेको छ । आइतबार दिउँसो लागेको भीषण आगलागीमा अन्य दर्जनौं व्यक्ति गम्भीर घाइते भएको अधिकारीहरूले बताएका छन् ।
ब्रोंक्सको ३३३ इस्ट १८१८ स्ट्रीटमा रहेको १९ तले अपार्टमेन्टमा आगलागी भएको हो । मृत्यु हुनेमा नौ जना बालबालिका रहेको प्रहरीको भनाइ भन्दै न्यूयोर्क पोष्टले समाचार प्रकाशित गरेको छ ।
अग्नी नियन्त्रकहरुले ५० जनाको उद्दार गरेको जनाइएको छ । झण्डै दुई सय अग्नी नियन्त्रकहरु घटना स्थलमा उद्दारमा सक्रिय रहेका थिए ।
न्यूयोर्कका मेयर एरिक एडम्स पनि घटना स्थल पुगेका छन् । उनले आगलागीलाई न्यूयोर्क शहरको लागि भयानक र पीडादायी क्षण भने।

‘यस आगोको प्रभावले यस शहरमा वास्तवमै पीडा र निराशा बनाएको छ । यो आधुनिक समयमा न्यूयोर्क शहरमा हामीले देखेको सबैभन्दा खराब आगो मध्ये एक हो ।’
प्रहरी स्रोतका अनुसार भन्दै न्यूयोर्क पोष्टले मृत्यु हुनेमा ४ वर्षका एक जना रहेको जनाएको छ ।
न्यूयोर्क अग्नि नियन्त्रण विभागका आयुक्त ड्यानियल निग्रोले भने कि अधिकारीहरूले “त्यहाँ धेरै मृत्यु हुने अपेक्षा गर्दछ, तर हामीलाई अझै थाहा छैन।”
आगलागी के कारण भयो भन्ने अहिलेसम्म दमकल अधिकारीहरू बताउन सकेका छैनन्।















