अस्पतालमा चाप बढ्न थाले पछि अमेरिकी सरकार गम्भीर

Getting your Trinity Audio player ready...
|
न्युयोर्क/ अमेरिकाका विगत केही दिनको तुलनामा कोरोना सङ्क्रमण घटेको छ । शनिवार ४ लाख ६१ हजार ८१ जनामा सङ्क्रमण देखिएको हो । र्वल्डोमिटरको तथ्याङ्क अनुसार शुक्रवार ८ लाख ७० हजार ७ सय २ जनामा सङ्क्रमण देखिएको हो ।
शनिवार पनि फ्रान्समा ३ लाख भन्दा बढीमा सङ्क्रमण देखिएको हो । कोरोना सङ्क्रमण बढी रहेको समयमा धेरै प्रान्तीय सरकारले अस्पताललाई सहयोग गर्न र धेरै उपकरण उपलब्ध पहल गरेका छन् ।
तथ्याङ्क अनुसार शुक्रवार साँझसम्म अमेरिकाका अस्पतालहरूमा १ लाख ३० हजार कोरोना सङ्क्रमित उपचार गराइ रहेका थिए । न्युयोर्कमा धेरै अस्पतालमा अबको दुई साता अति आवश्यक बाहेकका शल्य क्रिया नगर्ने भइसकेका छन् ।