अमेरिकाको फिलाडेल्फियामा घरमा आगलागि : ७ बालबालिका सहित १३ को निधन
अमेरिका । फिलाडेल्फियाको फेयरमाउन्ट छिमेकमा रहेको फिलाडेल्फिया हाउसिङ अथोरिटीका घरमा बुधबार बिहान आगलागी हुँदा सात बालबालिकासहित १३ जनाको निधन भएको छ ।
अग्निनियन्त्रकहरूले बुधबार बिहान ६ बजेतिर ८६९ उत्तर २३ औं स्ट्रीटमा तीन-तले घरमा आगो नियन्त्रणमा लिन शुरु गरेका थिए । जुन समय दोस्रो तलाबाट आगोको ठूलो ज्वाला निश्किएको थियो ।
फिलाडेल्फिया फारय विभागले ट्वीटरमा जनाइए अनुसार ति घरमा २६ व्यक्ति फसेका थिए । बाँकीको अग्निनियन्त्रकले उद्दार गरेका थिए । जसमा एक बच्चा सहित दुई जनालाई अवस्था केही गम्भिर भएका कारण अस्पताल लगिएको छ । उनीहरुको स्वास्थ अवस्था स्थिर रहेको जनाइएको छ ।
फिलाडेल्फियाका मेयर जिम केनीले शहरको इतिहासकै लागि दु:खद दिन भनेर टिप्पणी गरेका छन् । “यो निस्सन्देह हाम्रो शहरको इतिहासमा सबैभन्दा दुखद दिनहरू मध्ये एक हो, यति धेरै बच्चाहरू गुमाउनु भनेको विनाशकारी हो।”
भवन फिलाडेल्फिया आवास प्राधिकरणको रहेको जनाइएको छ । अधिकारीहरूका अनुसार भवनमा कम्तीमा २६ जना मानिस बसेका थिए जसमा तल्लो एकाइमा ८ जना र माथिल्लो एकाइमा १८ जना बस्ने गरेका थिए।
अधिकारीहरुले सो घरमा जडान गरिएको धुवाँ नियन्त्रक यन्त्र सब ठिक अवस्थामा रहेको दावी गरेका छन् । २०२१ को मे महिनामा निरिक्षण गर्दा सबै दुरुस्त पाइएको अधिकारीले दावी गरेका छन् ।
आगलागिको कारण अझै खुल्न सकेको छैन । आगलागीको कारण पत्ता लगाउन फायर मार्शलको कार्यालय र एटीएफसँग काम गरिरहेको दमकल अधिकारीहरूले बताएका छन्।
फोटो फिलाडेल्फिया फायर विभागको ट्वीटरबाट















