सभापतिले एकलौटी गरे कांग्रेस दुर्घटनामा पर्छ : शेखर कोइराला
काठमाडौँ / नेपाली कांग्रेका नेता शेखर कोइरालाले सभापति शेर बहादुर देउवाले एकलौटी गरे पार्टीमा दुर्घटना हुनसक्ने चेतावनी दिएका छन् ।
राजधानीमा बुधवार आयोजित १४ औ महाधिवेशनमा आफु पक्षिय उमेदवारहरुको भेलामा बोल्दै कोइरालाले सभापतिको ’लाइक’ र ’डिस्लाइक’बाट व्यक्तिको छनौट भए पार्टीमा दुर्घटना हुन सक्ने बताएका हुन् ।
‘पार्टीमा सभापतिज्यूले केही साथीहरूलाई केन्द्रीय सदस्यमा नियुक्त गर्नुभएको छ। सबै योग्य र सक्षम हुनुहुन्छ ।’ उनले भने, ‘तर के मापदण्ड बनाएर यो काम गर्नुभएको हो? हामी जान्न चाहन्छौँ।
भेलामा नेता कोइरालाको लिखित मन्तव्य

’पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुन जरुरी रहेको भन्दै उनले नभए कार्यकर्ता किन कांग्रेसमा बस्ने भन्ने प्रश्न उठ्न सक्ने बताए । ‘पार्टीमा काम गर्ने निष्ठावान, इमानदार, त्यागी र सक्षम नेता कार्यकर्तालाई पाखा लगाउने कामका विरुद्ध डटेर आवाज उठाइरहनुपर्ने आवश्यकता देखेको छु ।
कोइरालाले भने, विधि र विधानबाहिर गएर गरिने सबै कार्यहरू बन्द गर्न एक ढिक्का भएर प्रयत्न गर्नु जरुरी छ।’ पार्टी नेतृत्वको गतिविधि र निर्णयले निराशा पैदा भए आगामी निर्वाचनहरू कांग्रेसका लागि कठिन रहेको उनको तर्क छ ।
उनले अबका चुनावहरूमा कांग्रेस एक्लै लड्ने पनि बताए । कोइरालाले भने, ’नेपाली काँग्रेस एक्लै लड्छ र हामी विजय प्राप्त गर्छौँ ।’अब काँग्रेस रूपान्तरणका लागि आफूहरू देशव्यापी अभियानमा जाने पनि उनले बताए ।



तस्वीरहरु : दिनेशचन्द्र थपलियाको फेसबुकबाट















