बालुवाटार जग्गा प्रकरणमा मुछिएकालाई पक्राउ गर्न अनुमति
काठमाडौँ/ बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका तीन सय जनाभन्दा बढीलाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।
प्रहरी श्रोतले प्रकरणमा मुछिएकाहरूलाई पक्राउ गर्न अनुमति पाइ सकेको जनाएको छ ।
बालुवाटार जग्गा प्रकरणका पूर्व उपप्रधानमन्त्री एवं काँग्रेस नेता विजय गच्छदार, अख्तियारका पूर्वप्रमुख आयुक्त दीपकुमार बस्न्यात, पूर्व सचिव मलेगो लगायत मुछिएका छन् ।