अमेरिकी सीमा सुरक्षा अधिकारीले समाते दुर्लभ स्पाइडर बाँदर
अमेरिका । अमेरिका भन्सार र सीमा सुरक्षा (सीबीपी) अधिकारीलेले अबैध रुपमा सीमा पार गर्न लागिएका दुर्लभ स्पाइडर बाँदर समातेका छन् ।
टेक्सास स्थित सीबीपीको, फिल्ड अपरेशनको कार्यालय (ओएफओ)का अधिकारी र प्रोग्रेसो इन्टरनेशनल ब्रिजका कृषि विशेषज्ञको टोलीले मेक्सीकोबाट गाडीमा झोला भित्र लुकाएर अमेरिका ल्याउन लागिएका चार वटा बाँदरलाई पक्राउ गरेका हुन् ।
अमेरिकी नागरिकले लुकाएर ल्याउन लागिएको सो स्पाइडर बाँदरलाई वन्यजन्तु सेवाले लोपोन्मुख प्रजातिमा राखेको छ । स्पाइडर बाँदरहरूलाई न्यू वर्ल्ड बाँदर पनि भनिन्छ । यो प्रजातिको बाँदर दक्षिणी मेक्सिको सहित मध्य र दक्षिण अमेरिकाको उष्ण जंगलहरूमा मात्र पाइन्छ ।
२० वर्षीया अमेरिकन महिलाले जीपमा लुकाएर ल्याउदा सो बाँदर पक्राउ गरिएको सीबीपीले जनाएको छ । प्याट्रियटमा प्रोग्रेसो इन्टरनेशनल ब्रिजमा अधिकारीहरुले जीपमा शंका लागेर अनुसन्धान गर्दा झोला भित्र लुकाइएका अवस्थामा बाँदर भेटिएको बताएका छन् ।
बाँदर पक्राउ पछि अधिकारीले अमेरिकन वन्यजन्तु सेवालाई सम्पर्क गरेका थिए । त्यस पछि सो बाँदर लोपोन्मुख प्रजातिको भएको ठहर गरिएको थियो । प्रचलित कानुनले त्यस्ता जनावरको ओसारपसारमा प्रतिवन्ध लगाएको छ ।
सीबीपीका अधिकारीले ति महिलालाई जरिवना गर्नुका साथै माकुरा बाँदरलाई मेक्सिको तर्फ फिर्ता पठाएको जनाएका छन् ।