सिलवाल सेनाका प्रवक्ता

काठमाडौँ/ नेपाली सेनाले प्रवक्ताको जिम्मेवारी सहायक रथी नारायण सिलवाललाई तोकेको छ । सिलवालले यही पुस अन्तिम सातादेखि औपचारिक रूपमा आफ्नो जिम्मेवारी सम्हाल्ने छन् ।
सिलवाल हाल बालाजुस्थित १ नं वाहिनी पतिका रूपमा कार्यरत छन् ।
प्रवक्ताको जिम्मेवारी हस्तान्तरण गर्ने क्रममा कमान्ड बुझबुझारथको क्रम चलिरहेको छ । हालका प्रवक्ता सन्तोष वल्लभ पौडेलको शान्ति कार्य निर्देशनालयमा सरुवा भएको छ ।