यूएससीआइएसले गैरआवासीय स्टाटस थप र परिवर्तनका सूचना अब हुलाकबाट नपठाउने
अमेरिका । यूएस सीटीजनसीप एण्ड इमिग्रेशन सर्भिस (यूएससीआइएस) ले अनलाइन मार्फत फाइल गरिएको फारम आइ ५३९ को लागि बायोमेट्रिक सम्वन्धि सूचना अब हुलाकबाट नपठाउने जनाएको छ ।
यूएससीआइएसले सोमवार सूचना सार्वजनीक गर्दै इलेक्ट्रोनिक रूपमा भरिएको फारम आइ ५३९, (गैरआप्रवासी स्टाटस थप वा परिवर्तन गर्ने) सम्वन्धित अपडेटका अब देखि अनलाईन एकाउण्ड बाट नै गर्ने जनाएको छ ।
तर यूएससीआइएसमा जाँदा बायोमेट्रिक सेवा अपोइन्टमेन्ट सूचनाहरु आफैले प्रिन्ट गरेर लानु पर्ने छ ।
यूएससीआइएसले बायोमेट्रिक सेवा तथा अन्य अपोइन्टमेन्ट सम्वन्धीत सूचना अनलाइन खातामा भित्र गएर हेर्न सकिने जनाएको छ ।
फारम आइ ५३९ इलेक्ट्रोनिक रूपमा फाइल गरे पछि अन्य समयमा केही कागजपत्र थप प्रमाणका पेश गर्नु पर्ने भएमा त्यो पनि आफैले घरबाट नै सकिने छ ।
यूएससीआइएसले आफ्नो अनलाइन एकाउण्ट समय समयमा अपडेट हुन भनेको छ ।
‘तपाईंले यूएससीआइएस बाट महत्त्वपूर्ण सूचनाहरु नछुटाउनको लागि नियमित रूपमा आफ्नो अनलाइन खाता जाँच गर्नुहोस्।’ यूएससीआइएसले जारी गरेको सूचनामा भनिएको छ ।
यूएससीआइएसले ग्राहकले आफ्नो खाता साइन अप गर्दा प्रत्येक पटक केस अपडेट हुँदा एक अलर्ट प्राप्त गर्न सक्ने व्यवस्था गरेको जनाएको छ ।
यूएससीआइएसले बायोमेट्रिक सेवा अपोइन्टमेन्ट पुन: अनुसूचित गर्न आवश्यक हुनेले हाल कायम रहेको अपोइन्टमेन्टको मिति र समय भन्दा पहिला स्थानीय सम्पर्क केन्द्रमा फोन गर्न पनि भनेको छ ।
उचित कारण सहित सम्पर्क नगरेमा र अपोइन्टमेन्टको लागि उपस्थित नभएमा आइ ५३९ फारम त्यागिएको मान्न सक्छ र यसलाई अस्वीकार गर्न सक्छ। यूएससीआइएस थप जानकारी यो साइडमा सम्पर्क गर्न समेत भनेको छ ।