न्यूयोर्कका नयाँ मेयरको दोस्रो दिन : साइकलमा पुगे कार्यलय

Getting your Trinity Audio player ready...
|
अमेरिका । न्यूयोर्क शहरका नयाँ मेयर एरिक एडम्स आफ्नो कार्यकालको दोस्रो दिन आईतवार साइकल चढेर कार्यलय गएको दृश्यले चर्चा पाएको छ ।
कार्यकालको पहिलो दिन उनी सबवे चढेको फोटो सार्वजनीक भएको थियो । त्यो भन्दा सोचक उनले कार्यकालको सबै भन्दा पहिलो काम शनिवार सडक पेटीमा झगडा गरिरहेकाहरुको बारेमा ९११ लाई गुनासो गरेर शुरु गरेका थिए ।
आइतवार ट्वीटरमा सार्वजनिक तस्वीर र भिडियोमा मेयर एडम्सले रातो हेलमेट, रातो टाई र निलो सूट लगाएका छन् । उनी सँगै अर्की एक जना पनि साइकलमा देखिन्छिन ।
एडम्स उनै व्यक्ति हुन, जसले शहरभरि तीन सय माईल सुरक्षित नयाँ साइकल लेनहरू बनाउने वाचा गरेका छन् । उनले वाचा पुरा गर्न अपेक्षा गरिएको छ ।
फोटो ट्वीटरबाट