गजुरेलको पनि फरक मत
नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन अन्तर्गत जारी बन्द सत्रमा अध्यक्ष प्रचण्डको प्रतिवेदनमा फरक मत राख्ने क्रम जारी नै रहेको छ । यसमा नेता हरिबोल गजुरेलले पनि निरन्तरता दिएका छन् । बिहीबारको बन्द सत्रमा नेता गजुरेलले प्रचण्डको प्रतिवेदनमाथि १९ बुँदे फरक मत राखेका हुन् । गजुरेलले वैचारिक र साङ्गठनिक विषयमा प्रश्न उठाउँदै फरक मत राखेका हुन् ।गजुरेलले बिहीबारको बन्द सत्रमा १९ बुँदे फरक मत राखेका हुन् ।







