लोसपामा ठाकुर विरुद्धको आन्दोलन

Getting your Trinity Audio player ready...
|

काठमाडौँ / लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेताहरू अध्यक्ष महन्थ ठाकुरविरुद्ध आन्दोलनमा उत्रिएका छन् । विभिन्न जिल्लाबाट काठमाडौँ आएर नेताहरूले लोसपाको केन्द्रीय कार्यालयमा धर्ना सुरु गरेका छन् ।
अध्यक्ष ठाकुरले केही दिनअघि १६ वटा जिल्लामा जिल्ला अध्यक्ष र पर्यवेक्षक नियुक्त गरेका थिए । त्यसरी नियुक्त गरिएको निर्णयमा ठाकुरले पार्टीको विधान विपरीत निर्णय लिएको ती नेताहरूको आरोप छ । अध्यक्ष ठाकुरले उक्त निर्णय नसच्याएसम्म आन्दोलन जारी राख्ने उनीहरूको अडान छ ।
धनुषा, महोत्तरी लगायतका जिल्लाबाट काठमाडौँ आई करिब ७० जना नेता, कार्यकर्ता केन्द्रीय कार्यालयमा धर्ना बसेका छन् । धर्नामा सहभागी सञ्जय सिंहका अनुसार अध्यक्ष ठाकुरले पार्टी विधान विपरीत नियुक्ति गरेको निर्णयविरुद्ध शान्तिपूर्ण आन्दोलन सुरु भएको हो ।
आन्दोलनमा करिब ७० जना सहभागी रहेको सिंहको भनाइ छ । उनीहरूले आइतबारबाट धर्ना सुरु गरेका हुन् ।