काँग्रेसका बाँकी जिल्लामा २७ गते निर्वाचन हुने

Getting your Trinity Audio player ready...
|

काठमाडौँ/ नेपाली काँग्रेसले जिल्ला कार्यसमितिको निर्वाचन हुन बाँकी रहेका १६ जिल्लामा पुस २७ गते निर्वाचन गर्ने भएको छ । सोमबार बसेको काँग्रेस केन्द्रीय निर्वाचन समितिले यो निर्णय गरेको हो ।
काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत अन्य जिल्लामा नेतृत्व चयन भइसके पनि १६ जिल्लामा नेतृत्व चयन हुन बाँकी छ ।
सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुर लगायत १६ जिल्लामा कार्यसमिति चयन गर्न बाँकी छ ।