माओवादी बन्द सत्रका लागि अध्यक्ष मण्डल

Getting your Trinity Audio player ready...
|
नेकपा माओवादी केन्द्रले जारी ८ औ महाधिवेशनको बन्द सत्रका लागि सात सदस्सीय अध्यक्ष मण्डल गठन गरेको छ । हलले पारित गरेको अध्यक्ष मण्डलमा कृष्ण बहादुर महरा,गिरिराजमणि पोख्रेल, गणेश शाह, परशुराम तामाङ, परशुराम रम् तेल,पूर्ण कुमारी सुबेदी तथा रुपा श्रेष्ठ महर्जन छन् ।
नारायण काजी श्रेष्ठले प्रस्ताव गरेको नामलाई हलले अनुमोदन गरेको हो ।