शेखरलाई दिइएको वरियतामा कार्यकर्ताको असन्तुष्टी

Getting your Trinity Audio player ready...
|
काठमाडौं– नेपाली कांग्रेसको वरियतामा डाक्टर शेखर कोइरालालाई पछि पारिएको प्रति सामाजिक सन्जालमा चर्को आलोचना शुरूभएको छ ।
कांग्रेस समर्थकहरूले सन्चालन गरेको ग्रुपहरूमा बढी मात्रामा यस विषयले चर्चा पाएको हो । १४ औं महाधिवेशनमा सभापतिका लागि भएको निर्वाचनमा दोस्रो स्थानमा रहेका शेखर कोइरालालाई कांग्रेस सभापति शेरबहादुर देउवाको तजबिजमा २० औं वरीयतामा राखिएको छ। देउवाले आफ्ना प्रतिस्पर्धी कोइरालालाई पदाधिकारी भन्दा तल राखेका हुन् ।
सभापति देउवाले पार्टीको परम्परा तोडेको र यसले राम्रो सन्देश नजाने भन्दै उनीहरूले विरोध गरेका छन् ।
कांग्रेसमा यसअघि सभापतिका निकटतम प्रतिद्वन्दीलाई सभापतिपछिको वरीयता दिने गरिएको थियो।
सभापतिका लागि भएको निर्वाचनमा देउवाले ६० र कोइरालाले ४० प्रतिशत मत पाएका थिए ।
कुल ४ हजार ६२३ मत खसकोमा देउवाले २७ सय ३३ मत पाएर विजयी भएका थिए भने कोइरालाले १८ सय ५५मत पाएका थिए।
कांग्रेस विधानले सभापतिका निकटतम प्रत्यासीलाई वरिष्ठ नेताका रूपमा राख्नुपर्ने व्यवस्था भने छैन । तर पराजित मतको सम्मानकालागि गिरिजाप्रसाद कोइरालाले यो परम्पराको शुरूवात गराएका थिए ।
गिरिजा प्रसादसँगको प्रतिस्पर्धामा पाँच सय मत ल्याएका देउवालाई कृष्णप्रसाद भट्टराई पछि वरियता दिइएको थियो ।
१२ औं महाधिवेशनबाट कांग्रेस सभापतिमा चुनिएका सुशील कोइरालाका निकटतम प्रतिद्वन्द्वी रहेका देउवा वरिष्ठ नेता कहलिएकाथिए।
१३ औं केन्द्रीय महाधिवेशनबाट देउवा सभापति चुनिँदा निकटतम प्रतिद्वन्द्वी रहेका पौडेल वरिष्ठ नेता बने।