ओली गणतन्त्र र सङ्घीयता विरोधी रहेको नेपालको आरोप

Getting your Trinity Audio player ready...
|
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली गणतन्त्र र सङ्घीयता विरोधी भएको आरोप लगाएका छन् ।
दाङमा लुम्बिनी प्रदेश कार्यकर्ता भेलालाई सम्बोधन गर्दै क्रान्तिकारी आदर्श नभएको तथा व्यक्तिवादमै लिप्त प्रवृत्ति ओलीमा देखा परेको भन्दै उनले यो आरोप लगाएका हुन् ।
उनले एमाले केपी ओलीको प्राइभेट पार्टी भएको आरोप लगाउँदै सो पार्टी छाड्ने लहर चलेको बताए । उनले नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी पार्टीको भविष्य उज्ज्वल रहेका जनाउँदै किसानको समस्यालाई केन्द्र विन्दुमा राखेको दाबी गरे ।
केपी ओलीको पार्टीले जनतालाई चुस्ने काम गरी रहेको आरोप लगाउँदै उनले बाध्य भएर विद्रोह गरेको बताए ।
नेता नेपालले एमाले एमाले पार्टी नभई पार्टी पौवा रहन पुगेको बताए । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका केन्द्रीय उप–महासचिव प्रकाश ज्वालाले दक्षिणपन्थी अवसरवाद केपी शर्मा ओलीमा देखा परेका कारण विद्रोह गरेको बताए ।
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका लुम्बिनी प्रदेशका इन्चार्ज तथा पार्टीको सचिव भागवत विश्वासीले केपी शर्मा ओली नेतृत्वमा रहेको एमाले भन्ने पार्टी हाम्रो पार्टीसँग डराइरहेको बताए ।