एमसीसीमा बाबुराम भट्टराईले हेरेको हेरै पारे : प्रचण्ड

Getting your Trinity Audio player ready...
|
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीको प्रसंङ्गमा पूर्व सहकर्मीको व्यवहारले डाक्टर बाबुराम भट्टराईको व्यवहारले आफु छक्कै परेको टिप्पणी गरेका छन् ।
राजधानीमा सम्पादकहरु सँगको अन्तरक्रियामा प्रचण्डले पूर्वप्रधानमन्त्री भट्टराईले लिएको अडानले आफूहरु आश्चर्यचकित भएको बताए । प्रचण्डले भने,’ बाबुराम जीले किन एमसीसीको स्वामित्व लिन खोज्नुभएको बुझ्न सकिएको छैन् ।’
‘सर्वदलीय बैठकमा पनि भट्टराईले एमसीसी मेरै पालामा अघि बढेको हो र पास गर्नेपर्छ भनेर जिम्मेवारी लिएको देख्दा हामी त हेरेको हेरै भयौँ ।’ प्रचण्डले भने ।
अमेरिकन सहयोग परियोजना एमसीसी पारित गर्नुपर्ने सन्भर्दमा भट्टराईले सर्वदलीय बैठकमा संसदको बहुमतले पारित गर्नुपर्ने अडान लिएको पनि प्रचण्डले बताए । प्रतिपक्षीले संसद घेराउ गरिरहेका बेला कसको बहुमतबाट पारित गरौँ भन्नुभएको हो त्यो त्यो बुझ्न सकिएको छैन, प्रचण्डले भने ।
माओवादी केन्द्र एमसीसीको विरोधि नभएको उल्लेख गर्दै अध्यक्ष दाहालले जनताले नै बहस चालेको हुनाले संशोधन नगरी पास गर्न नहुने पक्षमा रहेको बताए ।
फोटो : प्रचण्डको फेसबुकबाट ।