‘समाजलाई मिलाउन मलाई भोट दिनुस’ : राजेन्द्र वाग्ले, अध्यक्षका उमेदवार, नेपाली समाज टेक्सास

Getting your Trinity Audio player ready...
|
अमेरिका । नेपाली समाज टेक्सासका अध्यक्ष पदका उमेदवार राजेन्द्र वाग्लेले समाज मिलाउनका लागि आफुलाई भोट दिनु पर्ने बताएका छन् ।
वाग्लेले टिम भावनामा काम गर्न, भाषा संस्कृतिको जगेर्नाका लागि पनि आफुलाई जिताउन पर्ने दावी गरेका छन् । घोषणा पत्रमा वाग्लेले आफुनिर्वाचित भएमा टेक्सासमा सबै संघ सस्थालाई बोलाएर प्रत्येक वर्ष परेड डे मनाउने प्रतिवद्दता व्यक्त गरेका छन् ।
यस्तै उनले तीज पर्वलाई महिला शशक्तिकरण डे को रुपमा मनाउने, नेपाली भाषामा ड्राइभर लाइसेन्सका लागि सम्वन्धित निकायमा पहल गर्ने तथा पब्लिक स्कूलहरुमा नेपाली भाषालाई दोस्रो भाषाको रुपमा मान्यता दिलाउन पहल गर्ने लगायतका एजेण्डलाई घोषणा पत्रमा समेटेका छन् ।
तीन हजार नौ सय ९२ मतदाता रहेको नेपाली समाज टेक्सासको निर्वाचन आइतवार हुदै छ । निर्वाचनमा वाग्ले र कमल सापकोटा प्यानल सहित मैदानमा छन् ।
वाग्लेको घोषणा पत्रको पूर्ण भिडियो हेर्न यहाँ क्लिक गर्नु होस ।