भारतीयमुलकी अमेरिकन मीरा जोशी न्यूयोर्क शहरको उपमेयर नियुक्त्त

अमेरिका । भारतीय मुलकी अमेरिकन मीरा जोशी न्यूयोर्क शहरको डेपुटी मेयर नियुक्त भएकी छन् । न्यूयोर्क शहरका नव निर्वाचित मेयर एरिक एडम्सले ट्वीट गर्दै यसको पुष्टि गरेका छन् ।
न्यूयोर्क सिटी नेपाली सहित दक्षिण एशियालीहरुको बाक्लो बसोबास रहेको शहर हो । मेयर र उपमेयर दुबैले आफ्नो कार्यकाल नयाँ वर्षको शुरुवात सँगै गर्ने छन् । न्यूयोर्कका नव निर्वाचित मेयर एडम्सले जोशि सहित अन्य पाँच महिलालाई उपमेयरमा मनोनयन गरेका छन् ।
पेन्सिलभेनिया राज्यको फिलाडेल्फियामा जन्मिएकी मीराका आमाबाबु दुबै भारिय हुन् । जोशी सँग न्यूयोर्क शहरमा यातायात क्षेत्रमा लामो समय काम गरेको अनुभव छ । उनले पाँच वर्षसम्म सहरको ट्याक्सी र लिमोजिन आयोगको प्रमुखको रूपमा काम गरेकी थिइन ।
“अपरेसनका लागि डेपुटी मेयरको रूपमा, मीरा जोशीले यो सुनिश्चित गर्नेछिन् कि हाम्रो शहरले वास्तविक समयमा जवाफदेहिता हुन् प्रत्येक समुदायको आवश्यकताहरू पूरा गर्न र सबै शहरी केन्द्रहरूको लागि उत्कृष्टताको नमूना बन्न सक्षम छ,” नव निर्वाचित मेयर एडम्सले जोशीको आवस्यकता पुष्टि गर्दै ट्वीटमा भनेका छन् ।
यस्तै जोशीले पनि न्यूयोर्कवासीको सेवा गर्न पाउँदा आफुले सम्मानित महशुश गरेकी प्रतिक्रिया दिएकी छन् । ‘हाम्रो अगाडिको काम स्पष्ट छ। हाम्रो कामले शहरका हरेक समुदायको आवश्यकताहरू पूरा गर्न र पार गर्नुपर्दछ, वास्तविक समयमा जवाफदेही हुनु पर्छ, र उत्कृष्टताको नमूना हुनुपर्दछ।’
जोशी सँग साम श्वार्ट्ज ट्रान्सपोर्टेसन कन्सल्टेन्ट्सको न्यूयोर्क कार्यालयको महाप्रबन्धकको रूपमा काम गरेको अनुभव छ । यस्तै न्यूयोर्क शहरको भाडाका सवारी साधन उद्योगको समेत प्रमुख भएर काम गरेकी हुन् ।
यातायात उद्योगकी अनुभवि जोशीलाई अप्रिलमा राष्ट्रपति जो बाइडेनले संघीय मोटर वाहक सुरक्षा प्रशासनको प्रमुखको लागि मनोनयन गरेका थिए । उनलाई यातायात क्षेकका कम्पनीहरुले पनि रुचाएका थिए तर यातायात क्षेत्र छोडेर जोशीले शहरको उम मेयर रोजेकी हुन् । बाइडेनले मनोनयन गर्नुअघि जोशी २०२१ जनवरी २० देखि मोटर वाहक सुरक्षा प्रशासनमा कार्यवाहक प्रमुखको रुपमा कार्यरत थिइन ।
न्यूयोर्क शहरको ट्याक्सी र लिमोजिन कमिश्नर रहेको समयमा जोशीको मेयर बिल डे ब्लासियोसँग मनमुटाव भएको थियो । सन् २०१९ मा मेयर बिल डेले ल्याउन लागिएको क्याब ड्राइभरहरूका लागि चर्को शुल्कबारे असहमति जनाउदै जीशीले राजीनामा दिएकी थिइन । उनी चर्को शुल्कको विरोधमा थिइन ।
त्यस अगाडि जोशीले उच्च जोखिम चालक र असुरक्षित सवारीलाई सडकबाट टाढा राख्न डाटा उपकरणहरू प्रयोग, भाडाका सवारी चालकका तलब सुरक्षा कार्यक्रम र ह्वीलचेयर प्रयोग गर्ने यात्रुहरूका लागि भाडामा यातायातमा व्यापक पहुँच प्रदान गर्ने कामको निकै प्रशंशा गरिएको थियो ।
जोशीले पेन्सिलभेनिया विश्वविद्यालयबाट समाजशास्त्रमा र पेन्सिल्भेनिया कानून स्कूलबाट कानूनको स्नाकतोतर गरेकी छिन् ।
फोटो नवनिर्वाचित मेयर एरिक एडम्सको ट्वीटबाट