टेस्लाका मालिक एलन मस्कले गरे ११ अर्ब डलर कर तिर्ने घोषणा

Getting your Trinity Audio player ready...
|
टाइम म्यागेजिनले मस्कलाई वर्ष व्यक्ति घोषित गरेको केही समयपछि वारेनको भनाई आएको थियो । उनलाई वर्ष व्यक्ति घोषित गरेको भन्दै विभिन्न व्यक्तिले टाइम म्यागेजिनको आलोचना गरेका थिए ।
यसअघि अमेरिकी माथिल्लो सदन सिनेटमा डेमोक्रयाटिक पार्टीकी सांसद एलिजावेथ वारेनले ट्विटरमा मस्कले कर तिर्नपर्ने धारणा राखेकी थिइन् ।
कर नतिरेको र कोभिडलाई हल्का रुपमा लिएको भन्दै अरबपति मस्कले याे वर्षभर नै आलाेचना खेपेका छन् । म्यागेजिनको छनौट अहिलेसम्मकै खराब भएको भन्दै पत्रिकाकोसमेत आलोचना भएको छ । ‘टाइम म्यागेजिनको छनौट वास्तवमै अहिले सम्मकै खराब हो ,’ लेखक कुर्ट इचिनवाल्डले भने ।