कोभिडविरुद्ध लड्न नेपाली सेनालाई ब्रिटिस गोर्खा सैनिककाे सहायता
|
Getting your Trinity Audio player ready...
|
कोभिड उपचारमा सजिलो हुने २५ वटा शैय्या र पीसीआर उपकरणका किट्स र मेसिन प्रयोग गरिएको काठमाडौंस्थित बेलायती दूतावासले जनाएको छ ।
ब्रिटिस गोर्खाका कमान्डर पौल स्मिथले सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सैनिक अधिकारीलाई सहायता सामग्री हस्तान्तरण गरेका थिए ।
यो सैनिक सहायताले नेपाल र बेलायतबीच द्विपक्षीय सम्बन्ध थप बलियो हुने विश्वास बेलायती दूतावासले लिएको छ ।








