कांग्रेस महिला खुला केन्द्रीय सदस्य : ९ मध्ये ८ देउवा पक्षका (अन्तिम मतपरिणाम सहित)

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महिला खुला केन्द्रीय सदस्यको मत गणना सकिएको छ ।
मत गणनामा डा. डिला सङ्ग्रौला पन्त सबैभन्दा धेरै मत ल्याएर विजयी भएकी छिन् । यसै गरी, पुष्पा भुसाल दोस्रो तथा डा. आरजु राणा तेस्रो स्थानमा रहँदै विजयी भए ।
अन्य विजयी उम्मेदवारमा अम्बिका बस्नेत,ईश्वरी न्यौपाने, सरिता प्रसाँइ, रमा कोइराला पौडेल,सुशीला ढकाल आचार्य र रंगमती शाही छन् । विजयी मध्य सरिता बाहेक अन्य सबै शेर बहादुर देउवा पक्षधर हुन् ।
खुला केन्द्रीय सदस्यमा आरजु तेस्रो नम्बरमा रहँदा सर्वाधिक मत पाएर पहिलो स्थानमा निर्वाचित डिला संग्रौलाले २८८५ मत प्राप्त गरेकी छन् । दोस्रोमा पुष्पा भुसालले २७१८ मत पाएकी छन् । चौथोमा अम्बिका बस्नेतले २३३९, ईश्वरी न्यौपाने २२५९, सरिता प्रसाईं २०९६, रमा कोइराला पौडेल १८५८, सुशीला ढकाल आचार्य १८०४, रंगमती शाही १७८९ मत प्राप्त गरेका छन् । अरु २१ जना महिला भने पराजित भए
प्रदेश २ महिलातर्फ एक केन्द्रीय सदस्य पदमा २७३१ मतसहित चित्रलेखा यादव निर्वाचित भएकी छन् । उनकी प्रतिस्पर्धी गीता चौधरीले १८८५ मत पाएकी छन् ।
