केन्द्रीय सदस्यमा देउवा समूहको पकड


नेपाली काँग्रेस केन्द्रीय सदस्यहरूको मत परिणाम जारी छ । जारी मत परिणाममा शशांंक कोइराला अग्रस्थानमा छन् । २९९३ मत गणना हुँदा कोइरालाको २४४२ तथा नारायण प्रकाश साउदको १८९६ मत छ ।
केन्द्रीय सदस्य पदमा देउवा पक्षको बहुमत प्रस्ट देखिएको छ । बालकृष्ण खाँण तेस्रो, उदय समसेर राणा चौथो र रमेश लेखक पाँचौँ स्थानमा छन् । शङ्कर भण्डारी (छैटौँ),रामहरि खतिवडा सातौँ,ज्ञानेन्द्र बहादुर कार्की आठौँ,अर्जुन नरसिंह केसी नवौँ तथा जिप छिरिङ लामा १० औ स्थानमा छन् ।