मिनेन्द्र रिजालद्वारा रक्षामन्त्रीबाट राजिनामा

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा पराजित भए पछि रक्षामन्त्री मिनेद्र रिजालले राजिमाना दिएका छन् । १४ औ महाधिवेशनमा आफ्नो जनाधार अत्यन्त संकुचित भएकोले राजिनामा दिएको बताएका छन् ।
प्रारम्भिक मत गणनामा नै पछाडि परे पछि सामाजिक सञ्जाल मार्फत राजिनामाको धोषणा गरेका रिजालले अन्तिम मत परिणाम सार्वजनीक भए पछि प्रधानमन्त्री शेरबहादुर देउवालाई राजिनामा पत्र बुझाएका थिए ।
राजिनामा पछिको पत्रकार सम्मेलनमा अब आफु राजनीतिमा रहने या नरहने भन्नेमा नै विचार गर्ने बताए ।
कांग्रेसको महामन्त्रीमा ६ जनाबीच प्रतिस्पर्धा गएको थियो । जसमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । थापाले तीन हजार २३ मत र शर्माले एक हजार ९८४ मत ल्याएर निर्वाचित भएका हुन् ।
यस्तै महामन्त्रीका अन्य उम्मेदवार प्रकाशशरण महतले एक हजार ५५६, प्रदीप पौडेलले एक हजार ३९३, मिनेन्द्र रिजालले ८०९ र राजाराम कार्कीले १०६ मत ल्याएर पराजित भए ।
निर्वाचनमा कुल चार हजार ६८२ मत खसेकोमा ४३ मत बदर भएको छ । थापा डा.शेखर कोइराला र शर्मा प्रकाशमान सिंह प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका थिए । सभापति शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका डा.प्रकाशशरण महत र प्रदीप पौडेल दुवै पराजित भएका छन् । रिजाल कोइराला प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका थिए ।
फोटो रिजालको फेसबुकबाट