देउवाकाे विजयीले लाेकतन्त्र सुदृढ हुन्छ, पार्टीलाई अझ सक्षम र सुदृढ बनाउनुहुन्छ : खाँण
पार्टीकाे १४औँ महाधिवेशनबाट देउवा सभापतिमा पुन: निर्वाचित भएपछि पत्रकारसँग कुरा गर्दै नेता खाँणले देउवा नेपाली राजनीतिका परिपक्व नेता भएकाे टिप्पणी गरे ।
‘प्रजातान्त्रिक शक्ति हासिल गरेर उहाँ सभापतिमा निर्वाचित हुनु भएकाे छ । पार्टी सहमति र सहकार्यमै अगाडि बढछ । उहाँकाे नेतृत्वमा स्थानीय, प्रदेश र संघकाे निर्वाचन हुन्छ । त्यसका लागि तयारी हुनेछ,’ उनले भने ।
कांग्रेसलाई अझ सुदृढ र क्रियाशील बनाएर लैजाने अभिभारा रहे पनि आफूहरुमा केही व्यवस्थापकीय कमीकमजोरी रहेकाे स्वीकार गर्दै खाँणले त्यस्ता कमीकमजाेरी सुधार गर्दै लगिन बताए ।








