प्रकाशमानको दुई दशकको अवसरवाद

काठमाडौं । वि.स २०५० मा काठमाडौँका सडकमा दुई वटा नारा लागी रहेको थियो । एउटा थियो, ‘अघि बढ्नु गिरिजा बाबु युवा हामी साथ छौ ’ । अर्को थियो ‘कारबाही गर्नुस् किसुनजी युवा हामी साथ छौ । ’ सडकमा देखिएको यही नाराको बिच गणेशमान सिंह निवास चाक्सीवारि र नेपाली काँग्रेस केन्द्रीय कार्यालयमा समितिको धेरै बैठक भए ।
एमालेका तत्कालीन महासचिव मदन भण्डारीको निधन पछि भएको काठमाडौँ क्षेत्र नम्बर एकमा भएको उप निर्वाचनमा काँग्रेसका तत्कालीन पार्टी सभापति कृष्ण प्रसाद भट्टराई हालकी राष्ट्रपति विद्या भण्डारीसँग पराजित भएका थिए । पराजय पछि तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले अन्तर्घात गरेको आरोप लगाउँदै एउटा पक्षका काँग्रेसी कार्यकर्ता सडकमा ओर्लिए भने कोइरालाको समर्थनमा पनि त्यसै गरी ओर्लिएका थिए । यसैको कारण संसद्मा ३६ से र ७४ रे को रूपमा विभाजित सो पार्टीको कारण देश मध्यावधि निर्वाचनमा धकेलिएको थियो ।
२७ वर्ष अगाडीको त्यो दृश्य अहिलेको समयमा पनि किन सान्दर्भिक छ भने काठमाडौँको काँग्रेस राजनीति र प्रकाशमान सिंहको भूमिका अहिले पनि धेरैले सम्झने गरेका छन् । सो समयमा गिरिजा प्रसाद कोइराला माथि अन्तर्घातको आरोप लागे पनि काठमाडौँकै काँग्रेसी कार्यकर्तालाई उपयोग नगरी अन्तर्घात प्रभावकारी नहुन सक्थ्यो । यसरी पार्टी सभापति भट्टराईको विरुद्धमा खुलम खुलम सडकमा ओर्लनेमा पुराना काँग्रेसी नेता हरिबोल भट्टराई, मार्सल जुलुम शाक्य र दामोदर गौतम थिए । यिनीहरूको गुनासो एउटै थियो, गणेश मान सिंहको पुत्र मोहको कारण आफूहरूलाई बे वास्ता गरिएको थियो ।
यसको अन्तर्निहित कारण २०४८ को प्रतिनिधि सभा निर्वाचन पनि थियो । सो निर्वाचनमा शाक्य ललितपुर २ नं क्षेत्र तथा भट्टराईले काठमाडौँको ५ नं क्षेत्रबाट टिकट पाएका थिए । दुवै क्षेत्र सो समयमा कम्युनिस्ट आधार क्षेत्र मानिन्थ्यो ।
काठमाडौँमा प्रकाशमान सिंहलाई स्थापित गराउने क्रममा उनका बाबुले केही जोखिम मोलेका थिए । यसैको प्रतिफल शाक्य, ट्राई र गौतम सहित एउटा ठुलो समूह आक्रोशित भएको थियो ।
काठमाडौँमा प्रकाशमान सिंहलाई स्थापित गराउने क्रममा उनका बाबुले केही जोखिम मोलेका थिए । यसैको प्रतिफल शाक्य, ट्राई र गौतम सहित एउटा ठुलो समूह आक्रोशित भएको थियो । तथापि यस समूहको इतिहास थियो, धेर थोर जनमतमा पकड थियो । तर, सङ्गठन र यसको आन्तरिक निर्वाचनमा प्रभाव पार्ने कुनै मत थिएन ।
सोही समयमा काठमाडौँ जिल्ला समितिका अध्यक्ष रहेका सिंह गिरिजा प्रसाद कोइराला समूहको विपक्षी कित्ताका नेताको रूपमा रहेका थिए ।
यसको धेरै समय पछि सुशील कोइराला महामन्त्री रहेको समयमा काठमाडौँ सहित धेरै जिल्लाको कार्य समिति विघटन गरेका थिए ।
अचम्म त के थियो भने काँग्रेस पार्टी लोकतन्त्रको मूल्य र भावना अनुसार चल्न नसकेको आरोप लगाउँदै गणेश मान सिंहले पाटी त्यागेको घोषणा गरी सकेका थिए । छोरा प्रकाश मान बाबुको नाममा मनोवैज्ञानिक खेल खेल्न सफल रहे ।
यस पछि पोखरामा भएको महाधिवेशनमा गिरिजा प्रसाद कोइरालाको विपक्षीको रूपमा शेर बहादुर देउवा उम्मेदवार भएका थिए । त्यसै अधिवेशनबाट देउवा शक्तिको रूपमा उदाएका थिए । देउवा समूहमा प्रकाशमान सिंह, विमलेन्द्र निधी लगायतले केन्द्रीय सदस्यमा सफलता पाएका थिए । यो जितमा उनीहरूका बाबुको गर्बीलो इतिहास बापतको सहानुभूति मत पनि थियो ।
काँग्रेस पार्टी विभाजन भए पछि प्रकाशमान पनि प्रजातान्त्रिक काँग्रेसमा आबद्ध भए । प्रकाश मानकै कारण काठमाडौँ उपत्यकामा सो दलको प्रभाव पनि थियो । जब सो दल एकीकृत भयो र अर्को महाधिवेशनमा पार्टी गयो, आश्चर्यजनक रूपमा सुशील कोइराला सभापति र प्रकाश मान सिंह महामन्त्रीको रूपमा निर्वाचित रहे ।
दोस्रो चरणमा निर्वाचन जाने निश्चित भए पछि शेर बहादुर देउवालाई साथ दिए । यसै साथले देउवाको काँग्रेस सत्तामा पकड त यथाबत रहेको छ । तर, प्रकाशमानको चरम अवसरबाट प्रस्ट भएको छ ।
तीनै प्रकाशमानको १४ औ महाधिवेशनमा भूमिका फेरिएको छ । संस्थापन इतर खेमाबाट उम्मेदवार भएका उनी सभापतिमा कुनै हालतमा उम्मेदवारी नछाड्ने अडानसँगै प्रतिस्पर्धामा ओर्लिए । दोस्रो चरणमा निर्वाचन जाने निश्चित भए पछि शेर बहादुर देउवालाई साथ दिए । यसै साथले देउवाको काँग्रेस सत्तामा पकड त यथाबत रहेको छ । तर, प्रकाशमानको चरम अवसरबाट प्रस्ट भएको छ ।
प्रकाशमानको लोभले मार्सल जुलुम र हरिबोल लगायत इतिहास बोकेका सो पार्टीका नेतालाई क्षुब्ध बनायो र सो पार्टीको कचिलो तल्लो स्तरमा ओर्लिएको थियो । उनका बाबुले भने जस्तै काँग्रेस पार्टीको जुन आदर्श थियो, पार्टी खुला भए पछि त्यो अनुसार चल्न सकेको पनि छैन । उनकै बाबुले बनाएको काँग्रेस पार्टी र अहिलेको काँग्रेस नितान्त फरक पार्टी हो । बाबुकै चित्त दुखाइले उनलाई छाएन र उनी लगातार पार्टी राजनीतिमा सरिक भए । किनकि सत्ताको लाभलाई त्याग्ने साहस उनमा थिएन ।
शेर बहादुर देउवा र त्यस समूहमा लामो समय रहेका उनी महामन्त्री पद पाउने बित्तिकै विगतका ती सारा गतिविधि बिर्सिए । प्रकाश मान लगायत नेताकै कारण काठमाडौँ उपत्यका लगायत धेरै जिल्ला सो पार्टी दुई गुटमा विभाजित छ । उनी सहितको गुटको नाममा धेरै जना सिकार पनि भए । यसले पनि प्रकाशमानलाई छाएन । अन्ततः शेर बहादुर देउवा प्रतिको समर्थन सिंहको अवसरवादको अर्को नमुना हो ।
काँग्रेस शक्तिमा प्रकाशमानको उदय बाबुको ओजस्वी व्यक्तित्वलाई पुत्र मोहको मानवीय स्वभाव जन्य कमजोरीको रूपमा प्रयोग गर्दै भएको थियो । यसको पहिलो सिकार भट्टराई र शाक्य लगायत धेरै भए । प्रकाशमानको स्वार्थको अन्तिम सिकार सायद रामचन्द्र पौडेल देखि शेखर कोइराला समेत भएका छन् ।