शेर बहादुर फेरी सभापति हुने निश्चित

Getting your Trinity Audio player ready...
|
शेर बहादुर देउवा नेपाली काँग्रेसको सभापति निर्वाचित हुने लगभग पक्का भएको छ । पहिलो चरणमा खसेको मत ४६७९ मध्य शेर बहादुर देउवाले २२५८ मत पाएका थिए । पहिलो चरणमा ८२ मतको कमी भएका देउवालाई दोस्रो चरणमा प्रकाश मान सिंहले समर्थन गरेका छन् ।
पहिलो चरणमा बिमलेन्द्र निधिले २४९ मत पाएका थिए । निधी पनि लामो समय देउवाकै प्यानलमा रहेका कारण पहिलो चरणमा निलीलाई गएका मत मध्य धेरै दोस्रो चरणमा पनि देउवालाई नै जाने सम्भावना प्रबल छ ।