कांग्रेस सभापति चुनाव : देउवालाई ८२ मत पुगेन, दोस्रो चरणमा मदतान हुने

काठमाडौं । प्रधानमन्त्री समेत रहेका शेर बहादुर देउवालाई नेपाली कांग्रेसको सभापतिमा दोस्रो कार्यकाल निरन्तराता दिन ८२ मतको कमी भएको छ । अहिले भर्खरै सकिएको मत गणनामा देउवाले २२ सय ५८ मत पाए ।
कांग्रेसको विधान अनुसार पहिलो चरणको निर्वाचनमा दुई भन्दा बढी उमेदवार भए सभापतिमा चयन हुन खसेको मतको ५० प्रतिशत ल्याउनु पर्छ । जम्मा ४८ सय ७९ मत खसेकोमा देउवाले २२ सय ५८ मत ल्याए ।
५० प्रतिशत पुर्यार्याउन २३ सय ४० मल ल्याउनु पर्ने थियो । अब दोस्रो चरणमा देउवा र शेखर कोइराला बीच प्रतिस्पर्धा हुने छ ।
कल्याण गुरुङ – २०
प्रकाशमान सिहं – ३७१
विमलेन्द्र निधि – २४९
डा. शेखर कोइराला – १७२९
शेर बहादुर देउवा – २२५८