पासाङ्ग निमा शेर्पा अमेरिका नेपाल आरोही संघको अध्यक्ष निर्वाचित

Getting your Trinity Audio player ready...
|
अमेरिका । पासाङ्ग निमा शेर्पा अमेरिका नेपाल आरोही संघको अध्यक्ष चयन भएका छन् । आइतवार न्यूयोर्कमा सम्पन्न तेस्रो साधरण सभाले शेर्पालाई अध्यक्षमा चयन गरेको हो ।
१७ सदस्यीय कार्यसमितिको पहिलो उपाध्यक्षमा मिङ्गमार लामा चयन भएका छन् । यस्तै दोस्रो उपाध्यक्षमा पासाङ्ग शेर्पा र महासचिवमा आङ्ग देवा शेर्पा निर्वाचित भए । सस्थाको सचिवमा पासाङ्ग शेर्पा, कोषाध्यक्षमा लाक्पा निरु शेर्पा, सहकोषाध्यक्षमा लाक्पा गेलु शेर्पा चयन भएका छन् ।
यस्तै सदस्यहरुमा आङ्ग काजी शेर्पा, लाक्पा जी शेर्पा, डा आङ्गचु शेर्पा, दावा जङ्गबु शेर्पा,काजी शेर्पा, डोमी शेर्पा, चुरिम शेर्पा,पासाङ्ग शेर्पा,टी शेर्पा र निमा जी शेर्पा रहेका छन् ।