‘अमेरिकामा आँधी क्षेत्रमा रहेका नेपाली सुरक्षित’
|
Getting your Trinity Audio player ready...
|
अमेरिका । भीषण आँधी क्षेत्र अमेरिकाको केन्टकीमा रहेका नेपाली सुरक्षित रहेको जनाइएको छ । गैर आवासीय नेपाली संघ एनआरएनए अमेरिका केन्टकी च्याप्टरका अध्यक्ष केशव लोहनीले अहिले सम्म कुनै नेपालीलाई क्षति पुर्याएको जानकारीमा नआएको बताए ।
‘आँधी क्षेत्रमा २० देखि ३० नेपाली परिवारको बसोबास छ, हामी त्यहाँ रहेका नेपाली समुदाय सँग विहानै देखि नियमित सम्पर्कमा छौं, सबै जना सुरक्षित छन् ।’ समाज टाइम्स सँगको कुराकानीमा लोहनीले बताए ।
लोहनीले आफुहरु त्यहाँ रहेका नेपाली सँग नियमित सम्पर्कमा रहेको पनि बताए ।’केही समय अगाडि पनि हाम्रो कुरा भएको थियो, साथीहरुले सडक अवरुद्ध कायमै रहे पनि बिद्युत अवरोध हटेको जानकारी गराउनु भएको छ ‘
आँधीबाट अहिले सम्म ७० जना भन्दा बढीको निधन भइसकेको अधिकारीहरुको भनाई भन्दै स्थानीय सञ्चार माध्यमले जनाएका छन ।
केन्टकीका गभर्नर एन्डी बेशियरले शनिबार एक पत्रकार सम्मेलनमा मृतकको संख्या एक सय नाघ्न सक्ने बताए। “यो सबैभन्दा खराब आँधीबाट जुन क्षति भएको छ हामीले लामो समय देखि देखेका थिएनौै ,’बेशियरले शनिबार बिहान भने। ‘यो हाम्रो राज्यको इतिहासमा सबैभन्दा गम्भीर आँधी प्रकोप हुन सक्छ।’
बेशियरले उद्धारका लागि नेसनल गार्ड सक्रिय गरिएको छ बताएका छन्.’ एक सय ८१ गार्डहरू तैनाथ गरिएको छ। केन्टकी राज्य पुलिस पनि जीवन बचाउन रातभर काम गरिरहेका छन् ।’
बेशियरले राष्ट्रपति जो बाइडेनलाई सङ्घीय संकटकाल घोषणा गर्न पनि अनुरोध गरेका छन्।
केन्टकीका धेरै काउन्टीहरूलाई तहसनहस पार्ने आँधीले अर्कान्सासमा पनि मानिसहरूको ज्यान लिएको समाचारहरुमा जनाइएको छ अर्कान्सासको उत्तरपूर्वी कुनाबाट सुरु भएको र त्यहाँबाट उत्तरपूर्वी बाटो पछ्याउदै केन्टकीको दुई सय माईल भन्दा बढीमा क्षेत्र हुदै मिसौरी र टेनेसीका केही भागहरूमा प्रभाव पारेको जनाइएको छ ।
अमेरिकाको कयौं प्रान्तमा लगातार आँधी आइरहेको छ र कयौं कर्मचारी अमेजनको वेयरहाउसमा फसेका छन्।
न्यूयोर्क टाइम्सका अनुसार आँधी आएको समयमा करिब १ सय मानिस मेफिल्डको मैनवत्ती बनाउने उद्योगमा उपस्थित थिए । बेशियरका अनुसार त्यसमध्ये १२ जनाको मृत्यु भएको छ ।
प्रशासनिक अधिकारीहरुका अनुसार शुक्रवार राति आएको आँधीले दक्षिणी इलिनइसस्थित एक अमेजन वेयरहाउस तहस-नहस गरिदिएको छ ।












