अमेरिकामा आँधी, केन्टकीमा ५० भन्दा धेरै मानिसको मृत्यु भएको आशंका
|
Getting your Trinity Audio player ready...
|
अमेरिकाको कयौं प्रान्तमा लगातार आँधी आइरहेको छ र कयौं कर्मचारी अमेजनको वेयरहाउसमा फसेका छन्।
न्यूयोर्क टाइम्सका अनुसार आँधी आएको समयमा करिब १ सय मानिस मेफिल्डको मैनवत्ती बनाउने उद्योगमा उपस्थित थिए । बेशियरका अनुसार त्यसमध्ये १२ जनाको मृत्यु भएको छ ।
प्रशासनिक अधिकारीहरुका अनुसार शुक्रवार राति आएको आँधीले दक्षिणी इलिनइसस्थित एक अमेजन वेयरहाउस तहस-नहस गरिदिएको छ ।
अहिले सम्म छत खस्दा कति जनालाई चोट लाग्यो भन्ने थाहा हुन नसकेको स्थानीय आपातकालीन सेवा दिने संस्थाले जनाएको छ ।
तस्बिर : सामाजिक सञ्जाल











