गगन र विश्व प्रकाशलाई रोक्ने सिटौलाको लक्ष्य, होला त पुरा ?
|
Getting your Trinity Audio player ready...
|
बिष्णु हरि घिमिरे
समाचार टिप्पणी
काठमाडौं । नेपाली कांग्रेसमा युवा पुस्तामा सबै भन्दा चर्चामा रहेका मध्येका दुई पात्र हुन गगन थापा र विश्व प्रकाश शर्मा ।
पछिल्ला तीन चरणका निर्वाचनमा नेपाली कांग्रेसले सर्वनाक हार बेहोरे पछि अत्तालिएका कांग्रेसजनलाई प्रेरणा भर्ने काम बढी मात्रामा यी दुई युवा नेताले गरेका थिए । ‘आत्तिनु पर्दैन, साथिहरु हतास नहुन’ यस्तै यस्तै भन्दै कांग्रेसजनलाई आस्वस्त पार्ने गरेका हुन्थे ।
‘संसदमा त गगन छ र कांग्रेस छ’ भन्ने परेको थियो । तत्कालिन नेकपाका अध्यक्ष केपी शर्मा ओलीको दुई तिहाइ सरकारलाई संसदमा निर्धक्क प्रश्न सोध्नेमा गगन नै अगाडि थिए ।
‘पचास बर्ष अब हामी शासन गर्छौं’ भन्ने कम्युनिष्टपार्टीका नेतामा अहंकार थियो । कांग्रेस अब सक्कियो भन्ने अवस्थामा पनि गगन र विश्व प्रकाशले कांग्रेस छ भन्ने आवास थिएका थिए ।
कांग्रेसजन भन्दा बाहिर पनि निकै रुचाइएका र आश गरिएका युवा नेतामा यी दुई पर्दछन् । तर यीनै दुई जनालाई जसरी पनि रोक्ने रणनितिमा कांग्रेस नेता कृष्ण प्रसाद सिटौंला लागेका छन् ।
कांग्रेसको १३ औ महाधिवेशनमा तेस्रो शक्तिमा उदाएका सिटौला यो पटक शुरुमा नै पार्टी सभापति शेरबहादुर देउवा गुटमा समाहित हुन पुगेका छन् । अघिल्लो पटक पनि सिटौलाकै कारण देउवाले बाजी मारेका थिए । तर यस पटक सिटौला आफुले पद लिने भन्दा पनि गगन र विश्वप्रकाशलाई रोक्ने लक्ष्य सहित देउवा टिममा लागेको देखिन्छ । जुन कुरा उनले घुमाउरो शैलीमा स्वीकार गरेका पनि छन् ।
सिटौला र शर्मा दुबै झापाका हुन् । जिल्ला राजनीतिमा यी परस्पर विरोधी हुन् । पहिला यी दुबै जना कोइराला समुहमा थिए । तर सिटौलाकै कारण शर्मा, देउवा समुहमा लागे । पाँच बर्ष बढी समय देउवाको बफादार ‘प्रवक्ता’ भएका शर्मा अहिले सिटौलाकै कारण देउवा समुहबाट बाहिरिएका छन् । देवाउले शर्मालाई भन्दा सिटौला गुटका प्रदिप पौडेललाई महामन्त्रीको उमेदवार बनाए ।
तिन चरणको निर्वाचनमा पार्टीको लज्जास्पद हार बेहोर्दा होस वा अन्य अवस्थामा देउवाको कटु आलोचना हुदाँ शर्मा उनको बचाउमा हुन्थे । तर अहिले देउवाले शर्मालाई भन्न प्रदिप पौडेललाई आफ्ने टिममा राखे । कारण सिटौला बने ।
यो प्रकरणमा सिटौलाले एक तिर दुइ शिकार गर्न पनि गर्ने लक्ष्य बनाएका छन् । शर्मालाई देउवा ‘टिमबाट आउट’ बनाउन सफल सिटौला यही मेसोमा गगन थापा सँग वदला लिन चाहान्छन ।
१३ औ महाधिवेशनमा थापा, सिटौला गुटबाट महामन्त्रिमा पराजित भएका थिए । यस पटक थापाले गुट परिवर्तन गर्दै कोइराला तर्फनै फर्किए । ‘धोका दिनेलाई’ देखाउछु भन्ने मुडमा सिटौला छन् । थापाले गुट छोडेर आफुलाई धोका दिएको सिटौलाको बुझाइ छ ।
त्यसैले सिटौलाको यस पटक आफुले कुनै पदमा प्रतिस्पर्धा गर्ने भन्दा पनि अरुलाई देखाउने ‘इगो’ लिएका देखिन्छ । जुन कुरा उनले सार्वजनिक कार्यक्रममा नै व्यक्त गरेका छन् । गगनलाई देखाउन पनि सिटौला प्रदिपलाई स्थापित गर्न चाहान्छन् । सिटौलाको यो धोकोलाई कांग्रेसका ४५ सय प्रतिनिधिले पुरा गरिदेलान ? या पार्टी बाहिर पनि निकै रुचाइएका यी दुई युवा प्रति कांग्रेसजनले विवेक पुरा गर्लान ?












