सिटौलालाई दुबै समुहबाट उपसभापतिको प्रस्ताव, रामचन्द्र घरमै पुगे

सिटौला पनि आफू निकट नेताहरूसँग महाधिवेशनको तयारीबारे छलफलमा थिए । बेलाबेला पौडेल र सिटौलाबीच संवाद र छलफल भने भइरहने गर्छ । तर, आज बिहान दुवै नेताबीच भएको भेटलाई अर्थपूर्ण मानिएको छ ।
१३औं महाधिवेशनपछि पौडेल र सिटौला अलग अलग भएका हुन् । सो महाधिवेशनमा शेरबहादुर देउवालाई दोस्रो चरणको मतदानमा सिटौलाले साथ दिएपछि पौडेल पराजित भएका थिए । त्यसयता उनीहरूबीच खासै राम्रौ सम्बन्ध छैन । तर, सभापतिको साझा उम्मेदवार घोषणा गरेर नगए यसपटक पनि देउवाले जित्ने ठानेर पौडेल सिटौलाको सहयोग माग्न पुगेका थिए । भेटमा पौडेलले मिलेर जान आग्रह गरेका थिए । सिटौला निकट स्रोतका अनुसार पौडेलले उपसभापतिमा बसिदिन र पदाधिकारीमा मिलेर जान सकिने प्रस्ताव गरेका थिए । सिटौलाले यसबारे आन्तरिक छलफल गर्ने बचन दिएका थिए ।
सिटौलाले पौडेल समूहसँग आफ्नो पक्षलाई ४० प्रतिशत भाग दिनुपर्ने अडान राखेको छ । तर, पौडेल–कोइराला पक्ष त्यो मान्न तयार छैन । त्यही भएर सिटौलाले यसपटक पनि देउवासँग मिलेर जान सक्ने संकेत देखिएको छ ।
तर, कांग्रेसका युवा नेता गगन थापा भने जसरी पनि योपटक सिटौलालाई पौडेल समूहमा ल्याउने पक्षमा छन् । थापाकै आग्रहमा पौडेल सिटौला मनाउन पुगेको स्रोतले बतायो । उम्मेदवारी मनोनयन दर्ता नहुने समयसम्म कसले कसलाई साथ दिन्छ भन्ने अझै भन्न नसक्ने नेताहरू बताउँछन् ।
यस्तै सभापति शेर बहादुर देउवाले पनि सिटौलालाई उपसभापतिमा समेटेर टिम बनाउन लागेको उनी नीकट स्रोतको भनाइ छ । देउवा निकट एक केन्द्रीय सदस्यका अनुसारका सिटौलालाई उपसभापति र प्रदिप पौडेललाई उममहामन्त्रीमा समेटेर टिम बनाउन जोडबल भइरहेको छ । विमलेन्द्र निधि पनि यस पटक टिममा नभएकाले सिटौलाको सहयोग बिना चुनाव जित्न कठिन हुने विश्लेशण देउवा समुहले गरेको छ । १३ औ महाधिवेशनमा पनि दोस्रो चरणमा देउवाले सिटौलाकै सहयोगमा चुनाव जितेका थिए ।