देउवाकै नेतृत्वमा निर्वाचनमा जाने निर्णय
काठमाडौँ/ नेपाली काँग्रेसको आसन्न महाधिवेशनमा संस्थापन पक्ष प्रधानमन्त्री तथा वर्तमान पार्टी सभापति शेर बहादुर देउवाकै नेतृत्वमा निर्वाचनमा जाने भएको छ । देउवा निकास बुढानीलकण्ठमा बसेको बैठकले बैठक पछि पार्टीका सह महामन्त्री डा. प्रकाश शरण महतले देउवासँग सबैलाई समेटेर जान सक्ने क्षमता भएका कारण मिलेर अघि जान आवश्यक भएको बताए ।
सो समूहले अन्य पदाधिकारीको टुङ्गो लगाएको छैन । यसैबिच सो समूहले अन्य पदको व्यवस्थापन गर्ने जिम्मेवारी नौ नेतालाई दिएको छ । जिम्मेवारी पाउनेमा एनपी साउद, रमेश लेखक, पूर्ण बहादुर खड्का,जीवन शाही, बालकृष्ण खाँण,गोपालमान श्रेष्ठ,प्रकाश शरण महत,रमेश रिजाल तथा ज्ञानेन्द्र बहादुर कार्की छन् ।