सिटौलाको प्रभाव घटे पनि फकाउँदै देउवा र पौडेल

काठमाडौँ / नेपाली काँग्रेसको १४ औ महाधिवेशन नजिकिँदै जाँदा कृष्ण प्रसाद सिटौलालाई फकाउन दुई नेता शेर बहादुर देउवा र रामचन्द्र पौडेल दुवै लागी परेका छन् । यसका लागि सिटौलाले आफ्नो तर्फबाट २० जना केन्द्रीय सदस्यको दाबी गरेका छन् ।
बुधवार बिहान पुरानो बानेश्वरमा आफू पक्षीय युवाहरूलाई त्यहीँ छाडेर पौडेल कृष्ण प्रसाद सिटौलालाई भेट्न गएका थिए । सो भेलामा सिटौलाले कम्तीमा २० जनालाई केन्द्रीय सदस्यमा व्यवस्थापनको माग गरेका थिए ।
यस महाधिवेशनमा पन सिटौलाको भूमिका निर्णायक हुने अनुमान गरिएको छ । सिटौला पक्षीय थुप्रै नेताहरू देउवासँग मिलेर जानु पर्ने मतमा रहेका छन् । यो निर्णयलाई झापालीले भने पर्खिएर बसेका छन् । खासमा विश्व प्रकाश शर्मा लगायतको समूह सिटौला लागेको भन्दा फरक समूहमा रहने सम्भावना अझै प्रबल रहेको छ ।
नेपाली काँग्रेसको केन्द्रीय राजनीतिमा जस्तो गुटबन्दी रहे पनि झापामा सिटौला र शर्माका वर्षौँ देखि दुई भिन्न गुट रहेका छन् ।
उमाकान्त चौधरी, भीमसेन दास प्रधान, शिव हुमाँगाइ, उद्धव थापा सो समूहमा छन् । तथापि यस पटक यी सबैको आफ्नै जिल्लामा पुरानो पकड भत्किएको छ । यस अघिको अधिवेशनमा गगन थापाको साथ पाएका सिटौलाले यस पटक सो साथ पाउने सम्भावना छैन ।
थोरै मत रहे पनि कतै त्यसै मत निर्णायक त हुने होइन भन्नेमामा देउवा र पौडेल दुवै समूह सशङ्कित भएका हुन् ।