राप्रपा अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी, हारको जिम्मा पूर्व राजालाई लगाउदै कमल थापाले दिए बधाई

Getting your Trinity Audio player ready...
|
पराजित थापाले नवनिर्वाचित अध्यक्ष लिङदेनलाई वधाई तथा शुभकामना दिँदै पराजय सहर्ष स्वीकार गर्ने बताएका छन् । ‘ प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु। नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई वधाई तथा शुभकामना । प्रतिकुल परिस्थितिमा समेत हामी माथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु, ’ थापाले ट्वीट गरेका छन् । यस्तै उनले ‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु।’ भनेका छन् । उनले पूर्व राज प्रति थप आक्रोस पोख्दै भनेका छन्,’धन्यवाद ज्ञानेन्द्र वीर विक्रम शाह ,मैले राहत र उन्मुक्ति पाएको छु। सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाईयो।सो एजेण्डाको मुल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्। हार्दिक शुभ-कामना।’
