गुण एयरलाइन्सले दशैँअघि नै काठमाडौं-सुर्खेत हवाई उडान गर्ने

Getting your Trinity Audio player ready...
|
देशका पाँचवटा गन्तव्यमा उडान भर्ने गरी गृहकार्य अन्तिम चरणमा पुगेको गुण एयरलाइन्सका प्रवक्ता प्रज्वल थापाले बताए । ‘एयरलाइन्ससँग हाल पाँचवटा जेट इन्जिन र दुईवटा ट्विनअटर जहाज छन्’, उनले भने, ‘सुरुवाती उडान सुर्खेत, पोखरा, भरतपुर, चितवन, भैरहवा र नेपालगंजका लागि भर्ने योजना छ ।’
नागरिक उड्डयन प्राधिकरणसँग अनुमति लगिसकेकाले केही दिनमा सुर्खेतमा परीक्षण उडान गर्न लागेको प्रवक्ता थापाले बताए । ‘हाम्रो लक्ष्य भनेकै ग्राहकहरूलाई सस्तो भाडादर कायम गरेर सेवा प्रवाह गर्नु हो’, थापाले भने, ‘यसै पनि कर्णाली पर्यटनका लागि भर्जिन गन्तव्य हो, काठमाडौं आएका पर्यटकलाई सिँधै सुर्खेत पुर्याउन गुण एयरलाइन्स जुट्दै छ । यसले कर्णालीको पर्यटनलाई चिनाउन थप सहयोग पुग्नेछ ।’
यसभन्दा अघि सुर्खेत-काठमाडौंका लागि बुद्ध एयरले मात्र उडान भर्दै आएको थियो । निजी क्षेत्रको विमान कम्पनी बुद्ध एयरलाइन्सले मात्र सुर्खेत उडान भर्ने गरेकामा अब गुण एयरलाइन्सले उडान भरेमा दुई कम्पनीले सुर्खेत-काठमाडौं, काठमाडौं-सुर्खेतको उडान भर्नेछन् ।
दुई विमान कम्पनीले उडान भरेमा सुर्खेतबाट काठमाडौं र काठमाडौंबाट सुर्खेतको हवाई भाडा सस्तो हुने कर्णालीबासीले विश्वास गरेका छन् ।
बुद्धले हाल सुर्खेत-काठमाडौं उडान भाडा प्रतियात्रु दैनिक आठ हजार १२५, नौ हजार १२५ र ११ हजार रुपेयाँ कायम गरेको छ ।
न्युज कारखाना