तेक्वान्दो प्रशिक्षक गोर्खाली दाजुभाइलाई ह्यारिसबर्गमा सम्मान
ह्यारिसबर्ग पेन्सिल्भेनिया/ तेक्वान्दो प्रशिक्षक अनमोल गोर्खाली र अमुल गोर्खालीलाई पेन्सिल्भेनियाको ह्यारिसबर्गमा सम्मान गरिएको छ।
दोस्रो हिमालयन ओपन तेक्वान्दो च्याम्पियनसिपको उद्घाटनका अवसरमा शनिवार आयोजक हिमालयन तेक्वान्दो ह्यारिसबर्गले गोर्खाली दाजुभाइलाई सम्मान गरेको हो।
अनमोल युएसए तेक्वान्दो नेश्नल टिम तथा एभरेष्ट तेक्वान्दो मिचिगनका प्रशिक्षक हुन्। यस्तै अमुल एनटीयु नेश्नल टिम र एभरेष्ट तेक्वान्दो मिचिगनका प्रशिक्षक हुन्।
च्याम्पियनसिप सफल पार्न सहयोग गरेको र सानै उमेरमा अमेरिकी तेक्वान्दो बनाएको पहिचानका आधारमा उनीहरूलाई सम्मान गरिएको हो।
‘तेक्वान्दोमा तपाईँको समर्पण र कडा परिश्रमको लागि’ सम्मान पत्रमा लेखिएको छ, ‘दोस्रो हिमालयन ओपन तेक्वान्दो च्याम्पियनसिपमा तपाईँको उपस्थितिले हाम्रा युवा खेलाडीहरूलाई साँच्चै प्रेरित र प्रेरित गरेको छ। यति सानो उमेरमा, तपाईँले पहिले नै धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीहरू उत्पादन गरिसक्नुभएको छ। तपाईँको उत्कृष्ट काम जारी राख्नुहोस् । हामी तपाईँलाई कामना गर्दछौँ।‘
स्वातारा टाउनसिपका आयुक्त टम कोलनी र डेपुटी स्टेट इन्स्पेक्टर जोनेथन हेन्ड्रिक्सनले अनमोल र अमुललाई सम्मान पत्र प्रदान गरेका थिए।
भर्जिनिया तेक्वान्दोका अध्यक्ष, डीवाइएमए तेक्वान्दोका संस्थापक ग्रान्ड मास्टर ब्रायन जोको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा, राज्य प्रतिनिधि डेभ म्याडसन, समाजसेवी चिकित्सक डा. खेम अधिकारी, च्याम्पियनसिप अध्यक्ष तथा अमेरिकी तेक्वान्दोका उपाध्यक्ष शान म्याकडर्मोटको उपस्थिति रहेको थियो।
यस्तै साहित्यकार डा. नारद पोखरेल, पीएएसडीका सुपरिन्टेन्डेन्ट डा. बर्नी केप्लर, व्यापार निर्देशक माइक फ्रेन्ट्ज, भुट्नीज कम्युनिटी आफ ह्यारिसबर्गकी बोर्ड मेम्बर माया दुलाल, त्रिवेणी साहित्य मञ्चका अध्यक्ष केशव घिमिरे, समाजसेवी तथा व्यवसायी विश्व क्षेत्री, पुलिस अफिसर जेम्स, व्यवसायी नेत्र आचार्य लगायतको उपस्थिति रहेको थियो।
उद्घाटनका अवसरमा खेलाडीहरूले प्रदर्शनी गर्नुका साथै टिम प्रतिस्पर्धा गरेका थिए।
एक दिने च्याम्पियनसिपमा तीन सय पचास भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गरेका थिए।
र यो पनि …
दोस्रो हिमालयन ओपन तेक्वान्दो च्याम्पियनसिप : सिपिङ्गवर्ग टिम च्याम्पियन















