जेन–जी प्रदर्शन : मृत्यु हुनेको संख्या १७ पुग्यो, ६ जनाको शल्यक्रिया गर्नुपर्ने

Getting your Trinity Audio player ready...
|
काठमाडौं । काठमाडौँमा भएको जेन–जी पुस्ताको प्रदर्शनमा मृत्यु हुनेको संख्या १७ पुगेको छ ।
बानेश्वरमा भएको आन्दोनमापरी १७ जना प्रदर्शनकारीको मृत्यु भएको र ६ जनाको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको स्वास्थ्य मन्त्रीका प्रेस संयोजक पवन पौडेलले जानकारी दिए ।
उनको अनुसार दुई सय ५६ जना घाइते भएका छन् भने २२ जना गम्भीर छन् ।
उनले भने,‘अहिलेसम्म मृत्यु हुनेको संख्या १७ पुगेको छ । दुई सय ५६ जना घाइते र २२ जना गम्भीर घाइते छन् । ६ जनाको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको छ ।’
सिभिल सर्भिस अस्पतालमा एक सय जना घाइते तीन जनाको मृत्यु ,१५ जनालाई वीर अस्पताल र ट्रमा सेन्टरमा पठाइएको छ ।
राष्ट्रिय ट्रमा सेन्टरमा ४९ घाइतेको उपचार भइरहेको छ भने आठ जनाको मृत्यु भएको छ । एभरेष्ट अस्पतालमा ३४ जना घाइते छन् । तीन जनाको मृत्यु भएको ।
काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा ३२ जना घाइते छन् भने दुई जनाको मृत्यु भएको छ । ६ जनाको शल्यक्रिया गर्नुपर्ने छ ।
टिचिङ शिक्षण अस्पताल मा १८ घाइते छन् भने एक जनाको मृत्यु भएको छ । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा तीन जना घाइते भएका छन् ।
त्यस्तै ,गण्डकी मेडिकल कलेजमा एक जना घाइते र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना घाइते ,दमक अस्पतालमा सात जना घाइतेको उपचार भइरहेको जानकारी प्राप्त भएको छ ।