महेश काफ्ले र अस्मिता अधिकारीले तताए ह्यारिसबर्ग

Getting your Trinity Audio player ready...
|
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ नेपाली साङ्गीतिक क्षेत्रका नव विवाहित जोडी महेश काफ्ले र अस्मिता अधिकारीले शुक्रवार साँझ पेन्सिल्भेनियाको ह्यारिसबर्ग नजिक हर्सीमा प्रस्तुति दिएका छन्।
अनेस्ट रियल्टस्टेटको प्रस्तुति र केटीएम इभेन्ट एण्ड इन्टरटेन्टमेन्टको आयोजनामा कार्यक्रम भएको थियो।
‘सोलफुल युएसए यात्रा २०२५’ का लागि यो जोडी विगत केही साता देखि अमेरिका भ्रमणमा छन्।
अमेरिकामा शुक्रवार उनीहरूको पाँचौँ प्रस्तुति हो। शुक्रवार संयुक्त रुपमा स्टेट प्रवेश गरेका महेश र अस्मिताले शुरुमा संयुक्त प्रस्तुति दिएका थिए।
‘लल्जावली झार’ बाट कार्यक्रमको शुरुवात गरेका उनीहरुले लगभग दुई घण्टा सम्म दर्शकलाई तताएका थिए। ‘लज्जावती झार’ महेश र अस्मिताको पहिलो सहकार्य थियो। त्यही गीत पछि सम्बन्धमा रहेका उनीहरुले पाँच महिना अगाडि लगनगाँठो कसेका हुन्।
बीचमा उनीहरुले एक प्रस्तुति पनि दिएका थिए। महेश ‘सौतेनी आमा’ गीतबाटट बाल गायकको रुपमा चर्चामा आएका हुन्। केही समय खेलकुद पत्रकारितामा लागेका महेशले त्यस पछि पुन साङ्गीतिक यात्रालाई पेशा बनाएका हुन्।
अस्मिता नेपाल आइडल नाम टेलिभिजन रियालिटी सोबाट उदाएकी हुन्। यो जोडीले अमेरिकामा अझै दश शहरमा प्रस्तुति दिने जनाइएको छ।
महेश र अस्मिता अगाडि स्थानीय गायक वीरेन रसाइली र लाल प्रधानले पनि प्रस्तुति दिएका थिए। कार्यक्रममा ब्लुमिङ्ग लोट्स डान्स स्टुडियोका विद्यार्थीहरूले सामूहिक नृत्य प्रस्तुत दिएका ।
पिजन फेदर स्टुडियोका प्रस्तोता लक्ष्मी अधिकारीले सञ्चालन गरेका कार्यक्रममा नेट स्टाइल डिजेमा रहेका थिए।